मेरो बारेमा

मेरो नाम प्रकाश "अभागी" चाम्लिङ्ग हो । हाल अध्यायन तथा करियरको लागि काठमाण्डौमा संघर्ष गर्दैछु , यसै शिलसिलामा म एउटा गैर नाफा मुलक संस्थामा काम पनि गर्छु । कामको अतिरिक्त फुर्सदको समयमा र मेरो रुचिको विषयहरु भनेको रेडियो तथा गित संगित सुन्नु , पत्र पत्रिकाहरु पढ्नु , साहित्यिक पुस्तकहरु संकलन गर्नु साथै कम्प्युटर सम्बन्धि ज्ञानहरु हाशिल गर्नु मेरो रोजाईहरु हुन । प्राय जसो आजभोलि म कम्प्युटरमा बढि अलमल गर्ने भएको छु तर फेसबुकमा भने हैन । बढ्दो ईन्टरनेटको सञ्जाल मलाई पनि बडो चाख लागेको विषय हो त्यसैले पनि यसैको दुनियामा रम्म रमाउन उत्सहित भएकोले वेब डिजाईनिङ्ग तर्फ मेरो ध्यान गएको छ ।

अध्यायनको विषय व्यवस्थापन भए पनि साहित्य मलाई साह्रै मन पर्ने क्षेत्र हो । साहित्य विधा मा पनि गजल, कथा र उपन्यस धेरै मन पर्ने विधा हो ।

आई टि क्षेत्रमा कुनै औपचारिक रुपमा ज्ञान हासिल नगरेको भए पनि साथि–भाई तथा परिवारमा अरु भन्दा मैले बढि चासो राख्ने भएकोले उनिहरु मलाई हर समय उत्प्रेरित गरिरहने हुँदा यस क्षेत्रमा म अलिक बढि उत्साहित भएको छु ।

काठमाण्डौको बसाई बढ्दो महंङ्गिमा सानो जागिरले जीवन धान्नै गाह्रो छ । त्यसैले पनि अतिरिक्त समयमा आम्दानी गर्न सके यो दुई दिनको जिन्दगी चलाउन सहज हुने आशाका साथ जोड तोडका साथ लागिरहेको छु । साथै अतिरिक्त समयमा गर्न सकिने कामको खोजिमा रहेको म यदि तपाईहरु जो कसैलाई पनि यस बारेमा केहि ज्ञान, सुझाव सल्लाह तथा कुनै प्रतिक्रिया जिज्ञासा भए मेरो ईमेल आईडि chamling.raiprakash@gmail.com तथा rai_bhaiprakash@yahoo.com मा सम्पर्क गर्न सक्नु हुनेछ । साथै फेस वुक "अभागी" प्रकाश चाम्लिङ्ग मा एड गर्न पनि सकिनेछ ।

तपाईको अमुल्य सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछु ।

हवस्त नमस्ते धन्यवाद !
  प्रकाश "अभागी" चाम्लिङ्ग


Personal Details
नया पोस्ट

रोमन बाट नेपालि लेख्ने सजिलो तरिका

सुचना प्रविधि र ईन्टरनेटको बिकास संगै फेसबुक, टुइटर जस्ता सामाजिक संजालहरुको प्रयोगले गर्दा आज भौगोलि क दृष्टिले जति टाढा भए पनि एक अर्काको सामिप्यमा रहन सहज वातावरण सिर्जना गरेको छ ।

गजल

नदेखिने आत्मा कथा लेखुँ जस्तो लाग्यो मलाई
स्वर तिम्रो सुनेपछि भेटुँ जस्तो लाग्यो मलाई


टाढा कतै फुलेको त्यो फुलको वास्नसरि रुप तिम्रो
फुल सगैँको काँडामाथि टेकुँ जस्तो लाग्यो मलाई


सामाजिक संन्जालमा मालाई भेटनुहोस
Facebook Twitter Google Plus prakash.bhai17 Youtube chamling.raiprakash@gmail.com"
आनौठो तथा रोचक घटनाहरु

उपयोगी लिङ्न्क
नेपाल सरकार सम्बन्धि
Photo of The Site
सूचना प्रविधि
साहित्य
मिडिया