सूचना प्रविधि -

रोमन बाट नेपाली लेख्ले सजिलो तरीका


सुचना प्रविधि र ईन्टरनेटको बिकास संगै फेसबुक, टुइटर जस्ता सामाजिक संजालहरुको प्रयोगले गर्दा आज भौगोलिक दृष्टिले जति टाढा भए पनि एक अर्काको सामिप्यमा रहन सहज वातावरण सिर्जना गरेको छ । व्यपारीको व्यपार व्यवसाय प्रर्वद्धन गर्नुु, सामाजिक कार्यकोलागि एक जुट हुन देखी आफ्ना मनका भावनाहरु व्यक्त गर्ने थलो बनेकाछन् सामाजिक संजालहरु ।


याँहा धेरै मेरो गन्थन भए जस्तो छ । अब कुरा गरांै नेपाली भाषाको, हामीले नर्मल तरीकाले माइक्रोसफ्ट वर्ड, एक्सल, पावरपईन्टहरुमा प्रीति, कान्तिपुर, हिमाली, नेपाली जस्ता धेरै फन्टहरु प्रयोग गरेर (अफलाईन)मा नेपाली सहज रुपमा लेख्न सक्छौं तर जब हामी इन्टरनेट अनलाईमा यी फन्टहरु लेख्न सक्छौं तर हामीले लेखेको कुरा उस्ले बुझ्न सक्दैन यस्तो अवस्थामा हामीले रोमनमा लेख्नुको विकल्प हुदैन । रोमनमा लेख्दा प्रभाकारी नहुन पनि सक्छ किनकी कतिपए अवस्थामा रोमनमा लेख्दा धेरै अर्थ लाग्न सक्ने शब्दहरु हुन्छन् यसले बुभाईमा त कठिनाई हुन्छ नै एक अर्का बीचको सम्बन्धमा समेत प्रश्न चिन्ह खडा गरीदिन्छ । अब यसको विकल्प र समाधान भनेको नेपाली युनिकेडको प्रयोग नै हो । यो कसरी प्रयोग गर्ने र यसले नेपाली लेख्नमा कसरी सहयोग पु¥याछ त भन्ने सन्र्दभमा तपाँई धेरै साथिहरुलाई मलाई भन्दा नी धेरै कुरा थाहा छ । साथै कति साथिहरुले गुगल सर्च गरेर आफ्नो काम गर्नु भएको होला । तरै पनि थाहा नपाउनुहुने साथिहरुका लागि भने उपयोगिनै हुनेछ भन्ने मलाई लाग्छ । कति पए साथिहरुले अनलाईन मार्फत कन्भर्ट गरेर कपि पेष्ट गर्नु हुन्छ होला हुनत यो पनि एक रामै्र विकल्प हो । तर तपाई कसै संग च्याट गर्दै हुनुहुन्छ भने यो तेती सहज छैन, वा तपाई अफलाईन पनी आफ्नै कम्प्युटरमा नेपालीमा लेख्न चाहानुहुन्छ । अब यसको लागि के गर्ने त ?


हुनत पहिले पहिले मैले पनि अनलाईन मार्फत कन्भर्ट गरेर कपि पेष्ट वीधिनै प्रयोग गर्ने गर्थै तर मलाई पनि यो भन्दा सरल विधिको खोजि गर्न मन लाग्यो सोहि अनुरुप धेरै कुराहरु खेजि गर्दै जाँदा यो कुरा नी पक्ता लाग्यो र आज तपाइहरु संग नि साट्न मन लाग्यो । नेपाली युनिकोड पनि अरु जस्तै फन्ट नै हो । यसलाई विभिन्न तरीकाले आफ्नो सहजता अनुसार आफ्नो कम्प्युटरमा परिविष्ट गर्न सकिन्छ Google transliteration IME download विधि बाट नी गर्न सकिन्छ । यहाँ भने http://madanpuraskar.org अन्र्तगतका दुई तरीका मध्य एक तरिका उल्लेख गर्दैछुु ।


रोमनाइज्ड विधि : यो रोमन बाट लेख्ने तरिका हो ।


याँहा म यहि तरिकाको बारेमा लेख्दैछु

सवै भन्दा पहिले याँहा बाट यो फाईल यो फाईल कम्प्यूटरको डेक्सटप अथवा आफुलाई थाहा हुने ठाँउमा डाउनलोड गरी सेभ गर्नुहोस । र जिपफाईल भए अन जिप गर्नुहोस ।

त्यस पछि सेट अप फाईलमा डवल क्लिक गर्नुहोस र वा तपाईको Roman_i386.msi लाई डवल क्लिक गरी Instal गर्नुहोस ।

अथवा

मदन पुरस्कार पुस्तकालय को site बाट Download गरि Instal गर्न सकिन्छ


तपाईको कम्प्युटरको अपरेटिङ्ग सिस्टम विण्डोज सेभेन हो भने

 कम्प्युटरको Control Pannel बाट Regionl and Language हुदै Keyboard and Language मा जानुहोस । Regional and Language Option मा एकैचोटि जान Start सर्च बक्समा intl.cpl टाईप गरेर इन्टर गर्नुहोस ।

 एउटा डाइलग बक्स खुल्छ जस्तै यो चित्र हेर्नुहोस ।

 चित्रमा देखाए जस्तै एक नं. मा KeyBoard and Language मा क्लिक गर्नुहोस र त्यस्तै दुई नं. मा Change Keyboards. मा क्लिक गर्नुहोस फेरी अर्को डाइलग बक्स खुल्छ तीन नं. Add मा क्लिक गर्नुहोस ।

 अब Add Inpute Language भन्दा मुुनि स्क्रोल गरेर Nepali(Nepali) को अगाडी (+) मा क्लिक गर्नुहोस । फेरी Kyeboard लेखिएको ठाँउको अगाडी रहेको (+) मार्कमा क्लिक गर्नुहोस । त्यहाँ चार वटा चेक बक्स देख्नु हुन्छ "Nepali Unicode Romanized Layout" मा ठिक चिन्ह लगाउनुस ।

 अन्तमा OK गर्नुहोस ।

अब तपाई सजिलै संग रोमनमा नेपाली लेख्न सक्नु हुन्छ ।


र यो पनि थाहा पाउनुहोस यदि तपाई नर्मल फन्ट बाट नेपाली युनिकोट मा जान Shift + Alt Key प्रेस गर्नुहोस ।


अब तपाईको कम्प्युटरको अपरेटिङ्ग सिस्टम विण्डोज एक्स पि छ भने निम्न तरिकाले Instal गर्न सक्नु हुुन्छ ।


 कम्प्युटरको Control Pannel बाट Regionl and Language हुदै Keyboard and Language मा जानुुहोस । Regional and Language Option मा एकैचोटि जान Run बक्समा intl.cpl टाईप गरेर OK गर्नुहोस ।

 अब त्यस भन्दा मुनि रहेको Details… मा क्लिक गर्नुहोस

 अब खुल्ने डाईलग बक्सको Setting भन्दा मुनि Add मा क्लिक गर्नुहोस

 Add Input Language को Input language मुनिको ड्रप डमउन मेनुबाट Nepali(Neplai) र Keyboard Layout/IME: मा Nepali Unicode Romanized Layout छान्नुहोस ।

 अन्तमा Apply अनि OK गर्नुहोस ।


अब तपाई सजिलै संग नेपाली युनिकोड लेख्न सक्नु हुन्छ ।


नेपाली युनिकोड रोमनाइज्डबाट टाइप गर्दा, अंग्रेजीका कुन कि थिच्दा कुन नेपाली अक्षर बन्छ त्यसको एउटा ले–आउट चित्र ः

चित्र ठुलो पार्न चित्र माथि Right Click >> Open Image in new tab गर्नुहोस ।

If your Browser Mozilla Firefox >> Right Click >> View Image


नेपाली युनिकोड (रोमनाइज्ड) मा लेख्न असजिलो हुने केही अक्षर र शब्दहरु यसरि लेख्न सकिन्छ ।

आधा अक्षर लेख्नलाई / को प्रयोग गर्नुहोस ।

Happy Writing प्रकाश चाम्लिङग

यसमा तपाइको मत




नया पोस्ट

रोमन बाट नेपालि लेख्ने सजिलो तरिका

सुचना प्रविधि र ईन्टरनेटको बिकास संगै फेसबुक, टुइटर जस्ता सामाजिक संजालहरुको प्रयोगले गर्दा आज भौगोलि क दृष्टिले जति टाढा भए पनि एक अर्काको सामिप्यमा रहन सहज वातावरण सिर्जना गरेको छ ।

गजल

नदेखिने आत्मा कथा लेखुँ जस्तो लाग्यो मलाई
स्वर तिम्रो सुनेपछि भेटुँ जस्तो लाग्यो मलाई


टाढा कतै फुलेको त्यो फुलको वास्नसरि रुप तिम्रो
फुल सगैँको काँडामाथि टेकुँ जस्तो लाग्यो मलाई


सामाजिक संन्जालमा मालाई भेटनुहोस
Facebook Twitter Google Plus prakash.bhai17 Youtube chamling.raiprakash@gmail.com"
आनौठो तथा रोचक घटनाहरु

उपयोगी लिङ्न्क
नेपाल सरकार सम्बन्धि
Photo of The Site
सूचना प्रविधि
साहित्य
मिडिया